दाङ-स्कुल बसकाे ठक्करबाट डेढ बर्षिया बालिकाकाे मृत्यु भएको छ । दाङको लमही नगरपालिका वडा नम्बर-६ स्वामिचाेक नजिक गाेर्खा बाेर्डिङ स्कुलकाे रा १ क १०२८ नम्बरको बसले किच्दा डेढ बर्षिया सखिना खातुनकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्ज्वल थपलियाले जानकारी दिए ।
'स्कुल बसमा आएका छाेरालाइ लिन आमा पुग्नु भएको थियाे । आमा संगै त्यहाँ पुगेकी सानी नानी बसकाे टायरमुनि छिरेकाे बेला बसले किचेको रहेछ -थपलियाले भने-ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएका छाैं ।'