लुम्बिनी प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेसन बुधबार सुरु हुँदै छ। बैठक दिउसो १ बजे बस्ने छ। सातौं अधिवेसनको पहिलो बैठकको सुरुमा सभामुख पूर्णबहादुर घर्तिले प्रदेश सभा आवहान सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने छन्। त्यसै गरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विध्येकका बारेमा पनि जानकारी गराउने कार्यसूची छ।
पहिलो बैठकमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ। सत्तारुढ दलको एकिकरण खारेज भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश सभामा अहिले ५ वटा दल भएका छन््। त्यसैले अब बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टा छुट्टै लहरमा बस्ने छन्। बैठकमा माओवादी केन्द्रको तर्फबाट शुभकामना मन्तव्य हुने छ।
आजको बैठकमा प्रदेश पूर्वाधार प्राधिकरण सञ्चालन सम्बन्धी विध्येक दफावर छलफलका लागि पेश हुने कार्यसुची छ । सामाजिक विकास समितिका तर्फबाट विश्वविद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी छलफलको प्रतिवेदन प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए।