बुटवलः विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नकालागि तीन तहका सरकार तथा सरोकारवाला सबैको उत्तिकै भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् ।
गैरसरकारी संस्थामहासंघ लुम्बिनी प्रदेशले चैत २३ गते बुटवलमा आयोजना गरेको विपद् न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रममायस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा गैरसरकारी संस्थामहासंघ नेपालका केन्द्रिय अध्यक्ष जिताराम लामाले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भमा आइपर्ने समस्याहरु र नागरिक संगठनहरुले खेल्नुपर्ने भूमिकाकार अहिलेसम्म गैरसरकारी संस्थाहरुले गरेकाकामहरु र आगामी योजनाका विषयमा बताएका थिए ।
कार्यक्रममा गैरसरकारी संस्थामहासंघ नेपालका केन्द्रियउपाध्यक्ष सुमित्रा शर्माले तीनतहका सरकारको संरचनामा गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गराएर अगाडीबढ्न सके मात्र कार्यक्रमले सफलतापाउने बताइन् । शर्माले सरकारको कामलाई सघाउने काम गरिरहेकोले आगामी दिनमा पनि अझ सक्रियभएर अगाडीबढने बताइन् ।
कार्यकमको सहजीकरण गर्दै लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्रालयका विपद न्यूनीकरण तथा व्यवस्थापन शाखाका प्रमुख बाबुरामपंन्थीले लुम्बिनी लुम्बिनी सरकारको प्राथमिकताका विषयमा जानकारी गराउदै प्रदेश सरकारले प्रदेशविपद् व्यवस्थापन ऐन,नीति र रणनीतिक कार्य योजना स्वीकृतको चरणमा रहेको, प्रदेश आपतकालिन केन्द्रको स्थापना र संचालनमा आइसकेको,प्रदेशस्तरीय विपद् जोखिम क्षेत्रको पहिचान तथा नक्सांकन र स्थानीयतहको विपद् प्रतिकार्य क्षमताअभिबृद्धि तथा स्थानीयतहको विपद प्रति कार्यक्षमताको अभिभृद्धि लगायतकाकार्य गर्दे आएको, प्रदेश विपदभण्डारण केन्द्रको व्यवस्थापन लगायतकाकार्य गर्दै आएको र यसलाई सफल पार्नकालागि सरोकारवालाहरुको सुझाब महत्वपूर्ण रहेकोले यस्ता कार्यक्रमले अझ बढी महत्व राख्ने बताए ।
कार्यक्रम गैरसरकारी संस्थामहासंघ लुम्बिनीका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको अध्यक्षता, प्रदेश सचिवकमल प्रसादगौतमको संचालनतथा सदस्य देवराजखनालको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विपदको क्षेत्रमाकामगर्ने विभिन्न क्षेत्रको प्रतिनिधित्वभएको थियो ।