बुटवल - नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा रामराज पोखरेल निर्वाचित भएका छन्। विहिवार विहान सकिएको मतगणना अनुसार संयुक्त लोकतान्त्रीक प्रगतिशिल प्यानका पोखरेलले १ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्षका अर्का प्रत्यासी दिनेश पाण्डेले १ सय २३ मत ल्याए।
त्यस्तै महिला उपाध्यक्षमा प्यानलकी अमृता अनमोल(पाण्डे) विजयी भएकी छन् भने पुरुषतर्फ लोकतान्त्रिक प्यानलका विश्वास ढकाल विजयी भएका छन् । अनमोलले प्रतिद्वन्दी लोकतान्त्रिक प्यानलकी सञ्जु पौडेललाई एक मतले पराजित गरेकी हुन् भने पुरुष उपाध्यक्षमा विजयी ढकालले प्रतिद्वन्दी हेमबहादुर पछाई (दिपेश)लाई ९४ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै सचिवमा लोकतान्त्रिक प्यानलका विनोद परियार विजयी भएका छन् । उनले प्रगतिशिल प्यानलका लक्ष्मण पोखरेललाई हराएका हुन् ।
नतिजा अनुसार महासंघको रुपन्देही शाखाको नतिजा लोकतान्त्रिक प्यानलको पोल्टामा पुगेको छ । महिला उपाध्यक्ष अनमोल र सदस्यमा विजयी प्रकाश आचार्यबाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका हुन् ।