बुटवल - नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गिरि विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर सहितको संयुक्त प्रगतिशिल लोकतान्त्रीक गठबन्धनबाट उमेद्वार बनेका गिरिले ९ सय ४६ मत ल्याइ विजयी भएका हुन्। गिरिका प्रत्यासी भरत केशीले ६ सय १७ मत प्राप्त गरेका छन्। केशी प्रेस चौतारी, प्रेस मञ्च सहितको साझा प्यानलका उमेद्वार हुन्। घनश्याम गौतमले ५७ मत ल्याए। पदाधिकारी र सदस्यमा पनि अधिकांस गिरि प्यानलका विजयी भएका छन्।
एक महिला सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा बसन्त गिरिकै प्यानल विजयी भएको छ। प्रदेशको उपाध्यक्षमा शुक्रऋषि चौलागाइँले ९ सय ३६ मत ल्याइ विजयी भएका छन्। प्रत्यासी गणेशकुमार आचार्यले ५ सय ३० र शिवलाल सुवेदीले ९९ मत ल्याए। महिला उपाध्यक्षमा चुमा आचार्य ९ सय ८१ मत सहित विजयी भइन्। पुष्पा खनाल सम्झनाले ५ सय ६४ मत ल्याइन्।
महासचिवमा विक्रम खड्का विजयी भएका छन्। उनले ९ सय ६७ मत प्राप्त गरेका छन्। प्रत्याशी विश्वराज पछ्लंगवा चौधरीले ६ सय मत ल्याएका छन्। सचिवमा जयसिंह केशी, समावेशी सचिवमा शिवकुमार सुनार र कोषाध्यक्षमा यमनाथ घिमिरे विजयी भएका छन्।
खुल्ला सदस्यमा किरण विक्रम शाह, केशरमान विशी, गोपाल भण्डारी, प्रेमनारायण आचार्य र भुवन कार्की विजयी भए। महिला सदस्यमा पार्वती बस्नेत, मिना ढकाल र सरला सुवेदी चयन भएका छन्। सरला भरत केशीको प्यानलबाट उमेद्वार बनेर विजयी भएकी हुन्।
आदिबासी जनजाती तर्फ गणेश सारु र टेकबहादुर मास्की, मधेशी तर्फ रामविकास चौधरी र विन्दुकुमार चौहान, दलित तर्फ चिन्ताबहादुर दर्जी र अल्पसंख्यकबाट मोहम्बद आरिफ अन्सारी विजयी भएका छन्।

