बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका–१० भचगइबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। स्थानिय गाहा होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जुवाको खालबाट प्रहरीले नगद १६ हजार २ सय ५० रुपैया र तीन गड्डी तास बरामद गरेको छ।
पक्राउ पर्नेमा सैनामैना १० का विजयकुमार सारु, विरबहादुर बस्नेत, चामबहादुर गाहा, पाल्पा रैनादेवी छहरा ८ बस्ने रेमबहादुर राना, रैनादेवी छहरा ७ का ओमबहादुर बलाल, देवेन्द्र पुन र रैनादेवी ६ का कुलबहादुर घर्ति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखीएको छ।