काठमाडौँ – सरकारले नयाँ आइजिपीमा ठाकुर ज्ञावलीलाई नियुक्त गरेको छ।
केहीबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकलल ठाकुरालाई प्रहरी महानिरिक्षक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ज्ञवाली वरिष्ठता र जेष्ठताका आधारमा आइजिपी नियुक्त भएका हुन्।
उनी २०४७ साल असार २४ गते इन्सपेक्टरका रुपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। उनको जन्म २०२२ सालमा प्युठानमा भएको थियो। ज्ञवालीले आउँदो असार २३ गतेसम्म आइजिपीको जिम्मेवारी सम्हाल्नेछन्।
ज्ञवाली २०५८ मा डीएसपी, २०६६ मा एसपी, २०७३ सालमा एसएसपी र २०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए।