दाङ–सल्यानको कपुरकोटबाट बुटवल जादै गरेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी सल्यानको चोरखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन । कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा गाडी दुर्घटना हुदा २९ बर्षिय नेपाली सेनाका सिपाही यादव राज ढरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ३५ बर्षिय मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन, हबल्दार जय प्रकाश बोहरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ रहेका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक हरिहरनाथ योगीले जानकारी दिए ।