दाङ-आगाेले पाेलेर दाङमा एक बर्षिया बालिकाकाे मृत्यु भएको छ। राप्ती गाउँपालिका-५ कालापानी निवासी पुनाम सुनारकी १ बर्षिया छाेरी विना सुनारकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ।
साेमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगाे कपडामा सल्किदा आमा र बालिका जलेर घाइते भएका थिए । लमही अस्पतालमा उपचारको क्रममा बालिकाकाे मृत्यु भएको छ भने, आमाकाे उपचार चलिरहेको छ ।
निम्न आर्थिक अवस्था भएका कारण आमाकाे उपचारमा समस्या परेकाे स्थानीय खिमबहादुर केसीले बताए ।`घरमा खाने खर्च छैन । उपचारको लागि कसरी रकम जम्मा गर्न सक्छन्´केसीले भने-`कतैबाट उपचार खर्च जुटे सजिलो हुने थियाे ।´