बुटवल-डिभिजन वन कार्यालय नवलपुरको निमित्त कार्यालय प्रमुख र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बिहीबार दुई लाख रुपैयाँ घुससहित कार्यालयमै पक्राउ गरेको हो।
कार्यालयले लिलाम (बिक्री) गरेको काठ सेवाग्राहीले सकारेर लैजान खोज्दा निमित्त प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीले माग गरेको दुई लाख रुपैयाँ घुससहित कार्यालयमै उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।