बुटवल- कुवेतको अल-मुतला क्षेत्रको निमार्णस्थलमा बालुवा र ग्रोभलको ठूलो थुप्रोले पुरिँदा ६ जनाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। ४ जना मृतकको नामसमेत सार्वजनिक गरेको दूतावासले २ मृतकको भने विवरण खुलाएको छ।
बुधबार भएको सो घटनामा पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी र सिरहाका गंगाराम चौधरी छन्। २ मृतकको विवरण आउन बाँकी रहेको र १ जना उपचार पछि कम्पनी फर्केको समेत दूतावासले जानकारी दिएको छ।
घाइते एक जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ८ नेपाली परेको दूतावासको भनाइ छ। दुर्घटनामा परेका नेपालीहरूप्रति दूतावासले आवश्यक सहयोग र समन्वय गरिरहेको बताएको छ।