दाङ–कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दाङ गढवा गाउँपालिका वडा नं. ६ हाँसिपुर निवासी श्यामनारायण चौधरी रहेको पुष्टी भएको छ। आठ महिना अघि उनी बैदेशिक रोजगारीको लागी कुवेत गएका थिए। छोराको मृत्युको खबर पाएका कुजु चौधरी विक्षिप्त बनेका छन्।
गाउँ शोकमा डुबेको छ। सामान्य किसान परिवारका हुन श्यामनारायण चौधरी। तीन छोरा मध्य श्यामनारायण कान्छो छोरा हुन। जेठो छोरा अपांगता भएका थिए। उनको केही समय अघि मृत्यु भयो। माइलो छोरा बहराइन जाने तयारीमा थिए। भाइको मृत्यु भएको खबरले सोमबार हुने फ्लाइट क्यान्सील गरेका छन्। ‘यो सामान्य परिवार हो। ऋण धन गरेर विदेश कमाउन गएका छोराको उतै निधन भएपछी यो परिवारमा पिडा माथि पिडा थपिन पुग्यो’स्थानीय रविलाल आचार्यले भने–‘जेठो छोरा गुमाएका कुजुले कान्छो छोरा पनि गुमाउन पर्यो।’
कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु भएको थियो। ६ जना मध्ये दाङका श्यामनाराण चौधरी समेत छन्। मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ छन्।
कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए। घटनास्थल दूतावासबाट करिब डेढ घन्टाको दूरीमा रहेको छ।