बुटवल-सोमबार राती घरमा सुतिरहेको अवस्थामा एक महिलामाथि जबर्जस्ती करणी भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुले आफ्नै गाउँकी ५० वर्षकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।
मदिरा सेवन गरेर रातीको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसि जवरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए। पक्राउ परेका थारु बिरुद्ध जवरजस्ती करणी उद्योगमा कारवाहीकालागि अनुसन्धान अगाडी बढाईएको पनि उनले जानकारी दिए।