दाङ-दाङमा माेटरसाइकल दुर्घटना हुदा एक जनाकाे मृत्युु भएको छ । लमही नगरपालिका-६ कुलमाेढ नजिक रा ३ प ५७११ नम्बर को मोटर साइकल दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्ण बहादुर डाँगीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते भएका उनको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।