बुटवल । केही दिनयता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा फेरि अस्पतालमा बिरामीको चाप बढ्न थालेको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो पाँच दिनदेखि सक्रिय संक्रमितको संख्या फेरि उकालो लागेको छ । जिल्लामा बुधबारमात्रै ४४ जना नयाँ संक्रमित थपिएका थिए, जुन पछिल्लो १६ दिनयताकै सबैभन्दा धेरै हो ।
संक्रमण बढ्दै गएकाले अस्पतालमा चाप बढ्न थालेको डा. नन्दु पाठकले बताए । ‘केहीदिन यता अस्पताल आउनेहरुको संख्या बढ्न थालेकाले बेडहरु भरिन लागेका छन्,’ उनले भने,‘एक हप्ताअघिसम्म यस्तो थिएन ।’
अस्पतालमा अहिले १२ जना आइसीयु तथा २६ जना जनरल र एचडीयुमा उपचाररत छन् । यो संख्या एक हप्ताअघिको भन्दा ३० प्रतिशत जतिले धेरै हो । एक साताअघिसम्म आइसीयुमा ७/८ जना र जनरल तथा एचडियुमा १६/१७ जनाको उपचार भइरहेकोमा अहिले अस्पताल आउने बिरामीको संख्या केही बढ्न थालेको हो ।
जिल्लाभर संक्रमण बढिरहेकाले जिल्लाका अन्य अस्पतालमा पनि चाप बढ्न सक्ने संकेत देखिएको छ ।
तथ्याङ्क:
