बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा दुई सय २९ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या बढेर दुई सय ६५ पुगेको छ । पछिल्लो ६ दिनदेखि जिल्लामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ ।
जिल्लामा कुल संक्रमितको संख्या २८ हजार एक सय ४९ पुगेको छ । तीमध्ये २७ हजार तीन सय ९६ जना निको भइसकेका छन् भने दुई सय ६५ जनासक्रिय संmक्रमित छन् । हालसम्म चार सय ८८ जनाले ज्यान गुमाएका छन् ।
आज थपिएका संक्रमितमध्ये बुटवलमा १६ जना, सिद्धार्थ नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा १० जना, देवदहमा ६ जना, सैनामैनामा दुई जना, ओमसतियामा एक जना र कञ्चनमा एक जना संक्रमित रहेका छन् ।