बुटवल - सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ५ मा बुधबार विहान टिप्पर दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ । टिप्पर चालक पाल्पा पुर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ बर्षीय सुदीप गैरेको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
लु २ ख ८२० नं. को उक्त टिप्पर सडकबाट १५० मिटर तल तिनाउ नदिमा खसेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।