बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष हुमनाथ आचार्यको मंगलबार निधन भएपछि आज उपमहानगरपालिकाको कार्यालयमा शोक बिदा गरिएको छ ।
नगरप्रमुख शिवराज शुवेदीले अत्यन्तै मिलनसार व्यक्तित्वको असामयिक निधनमा आफूहरु स्तब्ध रहेको बताउँदै आज बुधबार कार्यालयमा शोक बिदा दिइएको बताए ।
‘बुटवलले एकजना असल जनप्रतिनिधि तथा अभिभावकीय भूमिकामा रहेका समाजसेवी गुमाएको छ,’ उनले भने–‘यस दुखद घडीमा दिवंगत आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’
७० बर्षीय वडाध्यक्ष आचार्यको कोभिड–१९ का कारण हिजो मंगलबार उपचारकै क्रममा काठमाडौँमा निधन भएको थियो ।
कोरोना संक्रमण देखा परे पछि बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौँ लगेका थिए ।