बुटवल– बुधबार रातीदेखिको अविरल बर्षाका कारण गएको पहिरोबाट अबरुद्ध भएको राजमार्गको बुटवल–तानसेन सडक खण्ड अझैं सञ्चालन हुन सकेको छैन । हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।
लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका अनुसार दिनभर सडक खुलाउने प्रयास गरिएको भएपनि पहिरो झर्नेक्रम नरोकिएकाले सडक सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउने क्रम जारी रहेको कार्यालयको भनाई छ ।
यसअघि राजमार्गमै पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाएको थियो ।