बुटवल । अन्तरजातीय विवाह गरेको एक जोडीले आफूहरूलाई बचाउन आग्रह गर्दै जंगलबाटै भिडियो सार्वजनिक गरेका छन् । विवाहपछि उनीहरूले परिवार र आफन्तको डरले करिब एक महिनादेखि जंगलमा लुकेर बसेको भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमार्फत उनीहरूले आफूहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । भिडियोमा युवती भन्छिन्, ‘जबर्जस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जबर्जस्ती भनेर आको होइन, आफ्नै मनले विवाह गरेर आएको तैपनि घरकाले मानिरहेका छैनन् । हामी दुई माया गरेर आको मेरो पेटमा नि बच्चा छ ।’
कैलाली भजनी नगरपालिका-४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले ४ असारमा विवाह गरेका थिए । विवाहपछि परिवार र समाजले मार्ने धम्की दिएपछि ज्यान जोगाउन जंगलमा लुकेको उनीहरूले भिडियोमा बताएका छन् ।