बुटवल । रुपन्देही प्रहरीले भारतबाट राजश्व छली नेपाल छिरेका १५ वटा भारतीय गाडी र तीनका चालकलाई नियन्त्रणमा ल्याएको छ । नेपाल छिरेका भारतीय नम्बर प्लेटका ती गाडी र तीनका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
सवारी र चालकहरुलाई अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाईएको प्रवक्ता सत्यनारायण थापाले बताए । प्रहरी टोलीले राजश्व छली गरेको सूचनाको आधारमा दिउसो ती गाडीहरू बुटवल वडा नं २ जितगढीबाट नियन्त्रणमा लिएको हाे ।
पश्चिमबाट रुपन्देही हुँदै पूर्वतर्फ जादै गरेका फलफूल ढुवानी गर्ने ती गाडीहरूमा बढी तौल थियाे भने बिल भरपाई ,मध्य पश्चिमाञ्चल यातायात व्यबशायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाईएको थापाले बताए ।