बुटवल । बुटवल पश्चिम जितगढी सडक खण्डमा पहिरो खसेको छ । बुटवल–२ स्थित मनकामना मन्दिरभन्दा ५० मिटर पश्चिममा सडकमा ढुङ्गा खसेका हुन् ।
चुरे डाँडाबाट खसेका ढुङ्गाले केहीबेर सवारी आवत–जावत रोकिएको स्थानीय राम घिमिरेले बताए । पहिरो हटाउने काम भइरहेको स्थानीयले बताएका छन् ।
तस्वीरहरु: अमृत गिरी




