सुरेश परियार
सैनामैना । रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटनामा परी तीन जना पुरुष गम्भीर घाइते भएका छन् । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा नं. ८ रामापुरमा आज(आइतबार) दिउसो ५:३० बजेको समयमा दुई मोटरसाइकल एकाआपसमा ठोक्किदाँ मोटरसाइलमा सवार तीन पुरुष गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए ।
पुर्वबाट पश्चिम तर्फ आईंरहेको लु ६८ प १३८५ मोटरसाइल र विपरित दिशाबाट गईरहेको लु ६० प ३२८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा सो घटना भएको हो । गम्भीर घाइते तिनै जनाको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा सैनामैना वडा न.१० पानबारी बस्ने वर्ष अन्दाजी २६ का तारासिंह राना, कपिलबस्तु जिल्ला बस्ने वर्ष २८का ताराचरण चौधरी, सोही जिल्ला बस्ने वर्ष १९का रविन थारु रहेका छन् ।घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरी निरिक्षक रिजालको भनाई छ ।