पाल्पा : पाल्पाको निस्दी गाउँपालिकाका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ। ५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सोमबार मध्यरातमा निधन भएको हो ।
उनको अन्त्योष्टि आजै गरिने तयारी छ ।
लाामाे समयदेखि कलेजोमा समस्याबाट ग्रसित सुनारीले केही महिनादेखि औषधि सेवन गर्दै आएका थिए । समस्या झनै बल्झिएपछि उनलाई सोमबार बिहान मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।