काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेललाई आज मंगलबार मन्त्रालयबाट बिदाई गरिएको छ । उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै विदाइ कार्यक्रममा सहभागी भएका थिए ।
विदाई कार्यक्रममा उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए । पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।