भैरहवा -नेकपा एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियु कार्यकर्ताले भैरहवामा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको पुत्ला जलाएका छन् ।
संसद पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको विरोध गर्दै उनीहरुले भैरहवाको बुद्धचोकमा पुत्ला जलाएका हुन। सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै विद्यार्थी नेता कार्यकर्ताले नारबाजी र प्रदर्शन गर्दै प्रधानन्यायाधिश राणाको पुत्ला जलाएका थिए ।
ठूलो मात्रामा प्रहरी परिचालन भएकोले पूत्लाको आगो केही बेर मै प्रहरीले निभाएको थियो । विरोध कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य भिम भण्डारी, सरोज ठकुरी, युवा नेता वाइपी आचार्य, युवा संघका जिल्ला सदस्य सुवास पाण्डे, मिलन दर्लामी, कृष्ण मल्ल ठकुरी लगायतका विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।