काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा नेपालको निवासमा नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न पुगेका हुन् । नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री देउवालाई माधव नेपालले नै आफ्नो निवासमा निम्तो दिएका थिए ।