बुटवल । बुटवलमा सर्वोच्च अदालतको फैसलाको विरोधमा केपी शर्मा ओली पक्षीय युवासँघका कार्यकर्ताले बिरोध प्रदर्शन गरेका छन् । बुटवलको अस्पताल लाइनमा बुधबार साँझ नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्चले गत सोमबार प्रतिनिधि सभा पुर्स्थापना र प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।
सोही फैसलाको विरोधमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर पार्टीका भातृ सँगठनले बिरोध गरिरहेका छन् । बुटवलमा भेलाभएका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललगायतका विरूद्ध नारावाजी गरेका थिए ।
अदालतीय सेटिङका कारण त्यस्तो फैसला आएको भन्दै प्रदर्शनकर्ताले लोकतन्त्र रक्षार्थ सडकमा आएको बताएका छन् ।







