बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थंगनको निर्धारित समय सकिएको भएपनि बैठक अझै सुरु हुन सकेको छैन । प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरेका थिए ।
उक्त समयसीमा साढे ५ मा सकिएको भएपनि मुख्यमन्त्री पोखरेल संसद भवन नै छाडेर बाहिरिएपछि सदन सुचारु हुन नसकेको हो । सदन सुरु नभएपछि विपक्षी गठबन्धनले ६ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रदेश सभा पुन: सञ्चालन हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभा भवनबाटै बाहिरिएका थिए ।