बुटवल । सत्तापक्षले बहिस्कार गरेपछि रोकिएको लुम्बिनी प्रदेश सभाको बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
सभामुख पूर्णबहादुर घर्तिको निर्देशन अनुसार सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
आजको कार्यसूचि अनुसार बजेट निर्णयार्थ पेश हुनुगावै सत्तापक्षले सदन बहिस्कार गरेपछि आजको बैठक रोकिएको थियो ।