बुटवल– सामान्य परिवारमा जन्मिएकी अर्घाखाँची सितगंगा नगरपालिका–२ झिर्राकी सिर्जना सुनार २१ वर्ष पुगेकी थिइन। विद्यालयमा पढ्दा नै उनी सोही वडाको जिमाने टोलका २३ वर्षिय सुमन क्षेत्रीसँग प्रेममा परिन्। १२ कक्षा पास गरेपछि उनको जापान जाने सपना थियो।
सपना बोकेर जापानी भाषा विक्न बुटवल झरिन्। बुटवल झरेपछि पनि प्रेम सम्बन्ध झन गाढा भयो। प्रेम सम्बन्ध विवाहमा परिणत नहुँदै सिर्जना गर्भवती भइन्। गर्भ बसेपछि आफ्ना प्रेमी सुमनलाई विवाहको लागि उनले अनुरोध गरिन्। सुमन नेपाली सेनामा कार्यरत थिए।
सेनाको जागिरबाट विदा नमिल्ने भन्दै उनले सिर्जनाको अनुरोधलाई टार्दै गए। परिवार र समाजलाई पनि उनी ८ महिनाको गर्भवती हुँदा थाह पाइसकेका थिए । जतर सुमनले अनेक बहाना बनाउँदै टार्ने र भाग्ने गर्थे । सिर्जना थप तनावमा परिन्।
विवाह गर्न नमानेर सुमनले वेवास्ता गरेपछि सिजनाले प्रहरीमा उजुरी दिने बताइन्। उजुरी गर्छु भनेपछि विवाह गर्छु भन्दै सुमन भेट्न आए । तर भेट हुने वित्तीकै सिर्जनाले उल्टै कुटाइ खानुप¥यो । विहे गर्ने बहानामा सुमनले सिर्जनालाई अस्पताल लिएर गए । अस्पतालमा ८ महिनाको गर्भ पतन गराएको सिर्जनासँग नाताले सोल्टीना पर्ने मञ्जु सुनारले बताइन्। ८ महिनाको गर्भपतन गराएपछि सिर्जना मानसिक र शारीरिक रुपमा कम्जोर बनिन्।
एपचार गर्ने निहुँमा प्रेमीले ८ महिनाको गर्भपतन गराएको भन्दै सिर्जनाले प्रहरीमा उजुरी दिइन् । गत वर्ष फागुनमा अर्घाखाँची ठाडाको इलाका प्रहरी कार्यालयमा उजुरी परेपछि सुमन विवाह गर्न राजी भएर घट्ना मिलापत्रमा टुंगीएको सिर्जनाकी सोल्टीना मन्जुले बताइन्। चैत्र २ गते सिर्जना र सुमनबीच बुटवलको मनकामना मन्दिरमा विवाह भयो। विवाहमा सिर्जनाको सोल्टीना मन्जु र सुमनको एक जना साथी मात्र उपस्थित थिए।
विवाह भएपनि सिर्जनालाई दलित भएको भन्दै उनले आफ्नो घर लगेनन्। पहिलेदेखी नै बस्दै आएको बुटवल ६ सौभाग्य नगरमा बस्ने निधो गरे। विवाह भएको भोलिपल्ट सुमन काठमाडौँ गए। अन्तरजातीय प्रेमलाई सुमनले प्रहरीमा उजुरी परेकै कारण स्विकार गरेको जस्तो गरेको । तर, आत्मैदेखि भने स्विकार नगरेको आफन्तहरुको भनाइ छ।
गत विहिवार बुटवल–६ सौभाग्यनगरको बन्द कोठामा भुण्डीएको अवस्थामा प्रहरीले सिर्जना सुनारको सव फेला पार्यो । सवसँग सुसाइट नोट पनि फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ‘पटक पटक कुुटपिट गर्ने, मानसिक र शारीक रुपमा यातना दिने गरेको सुुसाईट नोटमा लेखिएको छ’ इलाका प्रहरी कार्यालय बुुटवलका डिएसपी मदन कुँवरले भने ।
अन्तरजातीय विवाह भएको र केटाले घर समेत नलगेकाले जातीय रुपमा केटा अलग हुन खोजेको देखिएको प्रहरीको भनाई छ। सुमनलाई नियन्त्रणमा लिएर जातीय विभेद र आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको डिएसपी कुवँरले जानकारी दिए।सुमनले प्रहरीको दबावले विवाहको नाटक मात्र गरेको सिर्जनाको दिदी दिपा सुनारको भनाइ छ। ‘वहिनीले पटक पटक घरमा लैजान भन्थिन्, तर ज्वाई सुमनले कहिल्यै लैजानुुभएन’ उनले भनिन ।
दलित भएकै कारण सुमनले सिर्जनालाई स्विकार नगरेको र विवाह पछि पनि फेरी ३ महिनाको गर्भपतन गराएको मृतक सृजनाका दिदि दीपा सुनारले बताईन । ‘जातकै कारण सुमनले आफूूबाट टाढा बनाउन वहिनिलाई मानसिक र शारीरिक यातना दिइयो, कानुन अनुसार कारवाही हुनुपर्छ ।’ दिपाले भनिन्।
मृतक सृजनाका ६ जना दिदि वहिनी छन । बुवा भारत र आमा खाडीमा रोजगारीमा छन। सिर्जनााले अन्तरजातीय विवाहकै पृष्ठभूूमिबाट शारीरिक र मानसिक यातना पाउदा ज्यान गुमाउनुपरेको संयुुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्माले बताए । उनले घटनाको अनुसन्धान गरि कारवाही गर्न माग गरे ।
सृजनाका दिदि रुपन्देही कञ्चन गाउँपालिका वडा न. १ कुचिरामा बस्ने दीपा सुनारले २३ बर्षिय सुमन क्षेत्री विरुद्ध जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनको उजुरी दिएकी छन। कपिलबस्तु स्थित नेपाली सेनामा कार्यरत आरोपित सुमन क्षेत्रीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ।