नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ ।
स्थानीय युवाबीच भएको वादविवादले उग्ररुप लिएपछि गोली चलेको प्रहरीले बताएको छ । युवाहरुको समूहमा एक पक्षले अर्को पक्षलाई लक्षित गरी चलाएको गोली कसैलाई नलागेको जनाइएको छ ।
प्रहरीका अनुसार गोली मोटरसाइकलको ट्याङकीमा लागेको छ । घटनास्थलबाट गोलीका खोका बरामद गरिएका छन् । गोली प्रहार गर्ने युवाहरुको समूह फरार छ ।
फरार रहेकाको खोजी भइरहेको र दुई जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।