किमाथाङ्का : सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाइलाइ उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए । प्रहरी टोलीले चापागाइको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ । रासस