काठमाडौँ - अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन्। मंगलबार विहान सवा १० बजे उनीहरु काठमाडौँ आइपुगेका हुन्। अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले उद्धार गरी कतारको दोहा पुर्याएको थियो । जस मध्ये १ सय २७ जना अमेरिकी चार्टर बिमानमा नेपाल आइपुगेका हुन्।
उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ। अफगानिस्तानबाट आएका नेपालीहरुलाई क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बताएको छ।अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन्। परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ।