भैरहवा । रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन् । दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो ।
शुक्रबार विहान करिब ६ बजे घटना घटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् ।