काठमाण्डाैँ: समाजसेवी गणेशप्रसाद कोइरालाले धरानकोे विजयपुरस्थित संस्कृत विद्या सम्वद्र्धिनी समितिअन्तर्गत सञ्चालित गुरुकुल आश्रमलाई रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
भोजपुरको मुलापानीमा जन्म भै सुनसरीको खनार हुँदै हाल मोरङको विराटनगर, भृकुटीचोक निवासी उहाँले पिता नरनाथलगायत आफ्ना समस्तपितृको पुण्यस्मृतिमा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।
देशका विभिन्न जिल्लाबाट गुरुकुलमा पढ्न आउने विद्यार्थीहरूलाई आवास र भोजनको प्रबन्धसहित निःशुल्क रूपमा संस्कृत वाङ्मयका व्याकरण, न्याय, ज्योतिष, वेद तथा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयहरू पनि पढाइने व्यवस्थाका लागि अनेकौँ दाताहरूबाट मुष्टिदानस्वरूप सहयोग प्राप्त भएको छ ।
हाल गुरुकुलमा ६ कक्षादेखि १२ कक्षासम्म ७० जनाविद्यार्थी अध्ययनरत छन् । उक्त गुरुकुलबाट हालसम्मएकसयभन्दा बढी विद्यार्थीले प्रवेशिका तह उत्तीर्ण गरिसकेका छन् ।रासस