काठमाडौं: राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशेऔँशीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु थियो ।
यही छापाखानामार्फत् नेपालमा पत्रकारितको शुरुआत् भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायमै रहेकाले जुम प्रविधिबाट कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।रासस