दाङ । दाङको बंगलाचुली गाउँपालिकामा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।
तीजको नाच हेर्न जाने क्रममा बिहीबार राति १७ वर्षीया किशोरीलाई उनीहरूले जंगलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारले उजुरी गरेपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको एसपी सुरेश काफ्लेले बताए ।