सप्तरी: आज असोज १ गते । देशभर विश्वकर्माको पूजा गरिँदै छ।
सर्वसाधारणले आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्दैछन्। सबैले आफ्ना सवारीसाधनलाई धोएर, उपकरणलाई सफा पारेर विश्वकर्माको फोटो वा मूर्ति राखेर निष्ठाका साथ पूजा गर्ने गर्छन् ।
आफ्ना सवारीसाधनलाई सिंगार्दै, विश्वकर्मालाई फलफूल, मिठाई चढाउँदै पूजाआजा गर्ने चलन रहेको पण्डित राजीव झा बताउँछन् । आफूले प्रयोग गर्ने सवारीसाधन, धातुजन्य उपकरणको पूजा गरेमा दुर्घटनाबाट जोगिने जनविश्वास छ।