रसुवा: कोरोना महामारीमा खटिएका रसुवाका फ्रन्टलाइनरलाई जिल्ला समन्वय समिति (जिसस) ले सम्मान गरेको छ । जिससले आइतबार आयोजना गरेको वार्षिक समिक्षा तथा छैठौं जिल्ला सभाको अवसरमा फ्रन्टलाइनरलाई सम्मान गरेकाे हाे ।
कोरोना महामारीमा खटिएका जिल्लाका १५ वटा संस्थालाई सम्मान गरिएको जिससका समन्वय अधिकारी मीना अर्यालले जानकारी दिइन् ।
सम्मानित हुनेमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिबजिबे ग्रामिण अस्पताल, जिल्ला प्रहरी कार्यालय, विष्णु दल गण, सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म, नेपाल रेडक्र सोसाईटी, नागरिक समाज र नेपाल पत्रकार महासंघ छन् ।
त्यसैगरी उत्तरगया, नौकुण्ड, गोसाईकुण्ड, आमाछोदिंमो र कालिका गाउँपालिकालाई पनि सम्मान गरिएको छ । जिसस प्रमुख कुलप्रसाद भट्टले खादा र सम्मानपत्रले सम्मानित गरेका हुन् । कोरोना महामारीमा निरन्तर खटेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने कार्यालयलाई सम्मान गरिएको भट्टले बताए ।
त्यसैगरी जिल्लाका बिभिन्न कार्यालयमा रही उत्कृष्ठ कार्यसम्पादन गर्ने ११ जना कर्मचारीलाई समेत सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाल, जिसस समन्वय अधिकारी मीना अर्याल, डिभिजन वन कार्यालयका प्रमुख रामकृष्ण केसी, जलस्रोत तथा सिचाई विकास सब डिभिजन कार्यालयका प्रमुख कृष्णप्रसाद पाण्डे, लेखापाल दिपक अधिकारी, कालिका गाउँपालिकाका सब-इन्जिनियर प्रेमबहादुर बस्नेत, उत्तरगया गाउँपालिकाका आन्तरिक लेखा परीक्षक गणेशप्रसाद रेग्मी, आमाछोदिंमो गाउँपालिकाका वडा सचिव छेवाङ दोर्जे तामाङ, खरिदार इश्वर आचार्य, गोसाईकुण्ड गाउँपालिकाका खरिदार फुर्पा पासाङ तितुङ र नौकुण्ड गाउँपालिकाका कार्यालय सहयोगी श्यामबहादुर तामाङलाई सम्मान गरिएको हो । उनीहरुलाई बागमती प्रदेशसभा सदस्य शान्ति थिङले खादा र सम्मानपत्रले सम्मान गरेकी थिइन् ।