बुटवल– कपिलवस्तुमा लक्ष्मीपूजाको मुर्ति बिसर्जनको विषयलाई लिएर विवाद भएपछि स्थानीय प्रशासनले कृष्णनगर क्षेत्रमा कर्फ्यु लगाएको छ ।
कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार क्षेत्रमा तनाब उत्पन्न भएपछि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र दक्षिणतर्फ ७–७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र बिहिबार ११ बजेदेखि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।