कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्नेमाथि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कृष्णनगरमा लक्ष्मीको मुर्ति विसर्जन गर्ने क्रममा स्थानीयबीच विवाद भएपछि स्थानीय प्रशासनले बिहान ११ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।
स्थानीय हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको बताइएको छ ।
लक्ष्मीको मुर्ति विसर्जन गर्न लजाने क्रममा दुई समुहबीच भएको झडपले उग्र रुप लिन थालेपछि बिहीबार बिहान ११ बजेदेखि कर्फ्यू जारी गरिएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना घाइते भएका छन् ।
त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।