काठमाडौं: सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएका छन् । निमोनिया र ज्वरो आएपछि उनीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।
“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय गएका थिएनन्”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उनमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहेका छन् ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।रासस