दाङ–रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घोराहीबाट थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको वस माडी गाउँपालिका वडा नं. ४ तार्केबाङ स्थित सहिद मार्ग देखी माडी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
‘घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पतालमा ल्याईएको छ । घटना स्थलमा उद्धारको काममा प्रहरी र स्थानीय बासिन्दा परिचालित छन’डिएसपी नरेशराज सुवेदीले भने–‘बस करिब एक सय फिट तल माडी नदीमै खसेको छ ।’
बसमा १८ जना यात्रु सवार भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कसरी दुर्घटना भयो भन्ने बारेमा अहिले सम्म जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ ।