बुटवल-रुपन्देहीको देवदहमा एक महिलाको शव फेला परेको छ। देवदह नगरपालिका ११ सदबनियास्थित सडक किनारमा देवदह १२ प्रगतिनगरकी २५ वर्षीया दिलमाया श्रेष्ठ मगरको शव फेला परेको हो।
बुधबार बेपत्ता भएकी उनको शव बिहिबार सडक किनारमा फेला परेको रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए।
उनको हत्या भएको आशंकामा प्रहरीले श्रीमान् ३० वर्षीय हिमाल श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।