जलेश्वर: नेपाल सद्भावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही गाउँ निवासी नेता पाठकको ८२ वर्षको उमेरमा आज बिहान निधन भएको उनका छोरा अरुण कुमारले बताए ।
केदारनाथ विगत पाँच वर्षदेखि ढाँडको हड्डीसम्बन्धी समस्याबाट पीडित थिंए । सद्भावना पार्टी स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उनी सक्रिय रहेका थिए ।
एक पटक निर्विरोध वडाध्यक्ष पनि निर्वाचित उनले दुई पटक संसदीय निर्वाचन र एक पटक (पहिलो) संविधानसभा निर्वाचनमा पनि सद्भावना पार्टीबाट चुनावमा लडेका थिए ।
पेशाले औषधि व्यवसायीसमेत रहेका उनी क्याम्पस र रेडक्रस जस्ता संस्थामा पनि आवद्ध थिए । नेता पाठकको पत्नी, तीन छोरा एक छोरी रहेका छन् । रासस