रुपन्देही । बिषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका –१२ नयाँगाउका ६ जना, वडा नं ४ लक्ष्मीनगरका ७ जना, र वडा नं १३ बेलबासका २ जना बिरामी भएका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार बुधबार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक बिरामी भएका छन् ।
यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमा कुमारी छन्त्याल , वर्ष ६२ कै गौरिमाया सेन, ६५ वर्षीया दिपा सेन , १४ वर्षीया यथार्थ जि.सी, ४२ वर्र्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन, र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।
यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीयाा पेमा थापा, ४३ वर्षीया शुसिला रोका, २८ वर्षीया रिमा बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर बिक बिरामी भएको प्रहरीले जनाएको छ ।
बिरामीहरुकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनिहरुमध्ये पाँच जनाको आईसियुमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिनुभयो ।