रुपन्देही । बुटवलमा मोटरसाइकल चोरी गर्ने १२ जनालार्ई प्रहरीले प्रक्राउ गरेको छ । बुटलका विभिन्न ठाउँमा मोटरसाईकल चोरी गरी राप्ती पारी लगेर बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
दिउँसो पार्किङ्गमा रहेका र घरभित्रै राखिएका मोटरसाइकल चोरी गर्ने गिरोहसहित विभिन्न ठाउँमा चोरी गरेर लुकाई छिपाई राखेका ९ वटा मोटरसाइकल समेत वडा प्रहरी कार्यालय बुटवल रामनगरले फेला पारेको वडा प्रहरी कार्यालय बुटलका प्रमुख प्रहरी निरीक्षक पुस्कर सिँह ऐरीले जानकारी दिनुभयो ।
बुटवल आसपासमा मोटरसाइकल चोरीको घटना पछिल्लो समय बढदै गएपछि प्रहरीले टोली बनाएर खोज तलास गर्ने क्रममा चोरीमा संग्लनहरु दाङको गढवा गाउपालिका रहेको भन्ने सुचनाको आधारमा प्रहरीले गढवा गाउपालिका ६ मा गएर स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चोरीका मोटरसाइकल कसरी बिक्री गर्ने भन्ने बारे चौरमा बसेर छलफल गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका ६ बस्ने क्यानोन क्षेत्री, करण बस्नेत, बरुण कुमाल, आन्नद परियार, नसिम धुनिया, आर एस सिह ठकुरी, शिवम यादव, लक्ष्मी बिष्ट र ओसिम पठान रहेका छन् । त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ५ बस्ने गोपाल चौधरी जिल्ला दाङ लमही उपमहानगरपालिका ३ का धनश्याम चौधरी राप्ती गाउँपालिका वडा नम्बर ८ का सुवास चौधरी रहेका छन । उनीहरुलाई बुटवल ल्याइएको प्रहरीले जनाएको छ ।