काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा रु २ र डिजेल तथा मट्टीतेल लिटरमा रु ९ र हवाइ इन्धन आन्तरिकमा रु पाँच बढाएको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर रु १९० पुगेको छ ।
एलपी ग्यासको भने मूल्य यथावत, रु एक हजार ८ सय छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको आयल निगमले जनाएको छ ।