रुपन्देही । बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन् । बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्क होटलमा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार होटलमा युवकसँग पुगेकी बुटवल–११ की १७ वर्षीया समिक्षा गुरूङ वर्षीया समीक्षा गुरूङ राती १२ बजेतिर नै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
युवतीसँग होटलमा पुगेका युवक भने राती नै होटलको बिल भुक्तानी गरेर बाहिरिएको होटल सञ्चालकले बयान दिएको प्रहरीको भनाइ छ ।
गएराती १० बजे होटलमा दुई जना गएपछि बिल तिरेर युवक निस्किएपछि कोठामा हेर्न जाँदा युवती झुण्डिएको भन्दैे होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । युवतीसँगै गएका युवकको खोजी कार्यसँगै थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।